AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेले चुनाव लक्षित सभा गर्ने तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७३, आईतवार २०:०२
3
Shares
विराटनगर, २० चैत / एमालेले मोरङको क्षेत्र नम्बर ७ मा चुनाव लक्षित आमसभा गर्ने भएको छ । शीर्ष नेताको उपस्थितीमा गरिने सभाको तयारी थालिएको एमालेले जनाएको छ ।
पार्टीको पहिलो क्षेत्रीय बैठकले क्षेत्र नम्बर ७ स्थित बुढीगंगा गाउँपालिका अन्तर्गतको हात्तीमुडामा चैत ३१ गते र बैशाख ९ गते विराटनगर केन्द्रीत सभा गर्ने निर्णय गरेको हो । एमाले मोरङका सचिवालय सदस्य एवं क्षेत्र नम्बर ७ का इन्चार्ज पर्शुराम बस्नेतले बुढीगंगा र विराटनगर भित्र पर्ने क्षेत्र नम्बर ७ का विभिन्न स्थानलाई लक्षित गरेर क्षेत्रीय स्तरको सभा गर्ने निर्णय भएको बताए ।
मुलुकलाई निर्वाचन मय र निर्वाचनलाई एमाले मय बनाउने उदेश्यका साथ मोरङका ठाउँ ठाउँमा एमालेले चुनावी सभा गर्ने उनले जानकारी दिए । ‘मुलुकलाई चुनाव मय र चुनावलाई एमाले मय बनाउनु पर्छ भन्ने हाम्रो उदेश्य हो,’ बस्नेतले भने, ‘त्यही अनुरुप हामी अघि बढिरहेका छौं ।’
युवा संघ नेपालका केन्द्रीय सचिव समेत रहेका बस्नेतका अनुसार चैत २५ गते भित्र ७ नम्बर क्षेत्र अन्तर्गतका सम्पूर्ण गाउँपालिका, नगरका वडाहरु, मर्ज भएका वडाहरुका कमिटी गठन र पुर्नगठन सम्पन्न गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर