AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले गर्यो विदाई र स्वागत एकै साथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७३, आईतवार १६:४४
3
Shares
विराटनगर, २० चैत / विराटनगरमा रहेको कान्तिपुर कलेजले नयाँ व्यवस्थापनको कक्षा १२ का विज्ञान तथा व्यस्थापक संकायका विद्यार्थीहरुलाई बिदाई तथा कक्षा ११ को विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कलेजमा आज एक कार्यक्रमको आयोजना गरी अध्यनरत दुवै संकायका दोस्रो व्याचको ७ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
कार्यक्रममा गिनीज वर्ड रेकर्ड बनाउने कलेजका विद्यार्थी यूनिक दाहाल, मिस कोशीमा सेकेन्ड रनर अप हुने नितिक्ष पाठक सहित कलेजले लिएको आन्तरीक तथा हिसानको परीक्षामा परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
त्यैुैगरी हिसान स्पोट्र्स मिटमा उपविजेता तथा विजेता खेलाडीहरुलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा कलेजका प्रमुख अतिथि मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकी, हिसान मोरङका अध्यक्ष बलराम पन्त, सरस्वति माविका प्राचार्य योगेन्द्र कार्की, कलेजका प्राचार्य खुशीराज श्रेष्ठ, कलेका सिइयो रन्जन कार्की , कलेजका सस्थापकहरु विष्णु दाहाल, भुवन र रोशन राजवंशीलगायत मन्तव्य राख्दै कान्तिपुर कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई तथा स्वागत गरेको थिए । विदाई तथा स्वागत कार्यक्रमको सभापतित्व कलेका अध्यक्ष जनक अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर