AArya
RUMPUM
animated ellipse animated ellipse

सुंडी समाज केन्द्रीय अधिवेशन सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७३, शनिबार १९:५६
3
Shares
विराटनगर, १९ चैत /  नेपाल सुंडी समाज केन्द्रीय कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।मोरङको मझारे–९ तरिगामामा आज आयोजित कार्यक्रममा समाजको अधिवेशन सम्पन्न भएको हो ।
पूर्व जिल्ला बन अधिकृत पञ्चलाल साह र आयोजक संस्थाका अध्यक्ष मनोजकुमार शाहलगायतले नेपालका विभिन्न गाउँमा छरिएर रहेका सुंडी जातिको उत्थान, प्रगति र समृद्धिका लागि एकता आवश्यकमा जोड दिए ।
 सो अवसरमा सुंडी समाजबाट पहिलो विद्याबारिधि गर्ने प्राध्यापक डाक्टर नन्दलाल साहसहित सुंडी समाजबाट डाक्टर र इन्जीनियर लगायतको अग्रणी पेशा र अध्ययनमा सफलता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर