AArya
RUMPUM
animated ellipse animated ellipse

भद्र सहमति पछी मधेसी मोर्चा पनि निर्वाचनमा भाग लिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०७३, शुक्रबार २१:०७
3
Shares
काठमाडौं, १८ चैत / बालुवाटारमा जारी सत्तारूढ दल र मधेसी मोर्चाबीचको बैठक सकिएको छ । सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेरलाई थाती राख्दै अन्य पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । सहमति अनुसार मधेसी मोर्चा पनि निर्वाचनमा भाग लिन तयार भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र र राप्रपा तथा मधेशी मोर्चाको संयुक्त बैठक बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सत्तापक्ष र मधेसी मोर्चावीचको छलफलले सकारात्मक निश्कर्ष निकालेको वैठकमा सहभागि एक नेताले बताए ।
भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने, राष्ट्रिय सभाको निर्वाच मण्डलबाट गाउँ र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नराख्ने, सीमांकनका लागि सङ्घीय आयोग गठन गर्ने, स्थानीय तहको सङ्ख्या जनसङख््याको अनुपातमा निर्धारण गरिने, सङ्घीय संरचना र सीमाङ्कनको विषय संघ र प्रदेशको निर्वाचन अघि नै टुङ्ग्याउने तथा सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका बाँकी मुद्दाहरूका सन्दर्भमा राजनीतिक सहमतिको आधारमा गर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले बैठकमा राखेका थिए।
बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान शिंह, माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, मातृका यादव, पम्फा भुसाल, चन्द्रप्रकाश खनाल, राप्रपा नेता दीपक बोहरा, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, शरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठलगायत नेता सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर