संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक–सभापती देउवा
पूर्वाञ्चल खबर
१८ चैत्र २०७३, शुक्रबार १९:०६
3
Shares
विराटनगर, १८ चैत /नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्य रहेको वताए ।
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनलाई आज विराटनगरमा सम्वोधन गर्दे सभापती देउवाले राजनितिक उपलव्धीलाई संस्थागत गर्न आगामी २०७४ साल माघ ७ गते भित्र तिनै तहको निर्वाचन गर्नुु जरुरी रहेको वताएका हुन् ।
उनले मुुलक महत्वपुुर्ण राजनितिक मोडमा उभिएकाले संघिय लोकतान्त्रीक गणतन्त्रलााई संस्थागन गर्दै संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक रहेको वताए । सभापति देउवाले संविधान संसोधन भएको खण्डमा हिमाल, पहाड र तराई मधेशको सम्वन्ध थप स्थापित हुुने वताए । उनले वैशाख–३१ गते हुुने स्थानिय निकायको निर्वाचनले नेपाली जनतालाई थप अधिकार स्थापित गर्ने भएकाले सवैलाई निर्वाचनमा सहभागी हुुन आग्रह गरे ।
स्थानियतहको निर्वाचनले विकास आफैले गर्न सक्ने अधिकार प्राप्त हुुने उनको भनाई थियो । उनले नेपाली कांग्रेसले मधेशी, आदीवासी जनजाती तथा महिलाहरुको भावनाको कदर गर्दै आएको बताए । मधेश र मधेशी जनतालाई उपेक्षा गरेर कोही पनि राष्ट्रवादी हुुन नसक्ने उनको भनाई थियो ।
उनले आफुलाई राष्ट्रवादी भन्ने पार्टीले सवै जातजातीलाई सम्मान गर्नुु पनै वताए । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले चुनावलाई भयरहित बनाउन संविधानसँग गाँसिएका असन्तोषलाई समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले मधेशवादी दलहरुले आफूले भने जस्तै संविधान संशोधन हुनु पर्ने हठ त्याग्नु पर्ने बताए । त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, डाक्टर शेखर कोइराला, डाक्टर डीला संग्रौलाले एमालेको उग्रवादी राष्ट्रियता र मधेशवादीहरुको उग्र मधेशवादका कारण मुलुक विखण्डन तर्फ धकेलिएको बताएका छन् ।
नेपाली कांग्रेस मोरङका निवर्तमान सभाति एवं सांसद अमृत अर्याल, सभापति डिगबहादुर लिम्बूलगायतले नेताहरुले सहमति, सहकार्यलाई जोड दिएर चुनाव गर्नु पर्नेमा जोड दिए ।