रबिन्द्र बराल
रंगेली, १८ चैत / मोरङको रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत धनपाल थान गाउँपालिका–६,दादरबैरिया चोक नजिकै ट्रयाक्टर दुर्घटनामा ९ जाना घाइते भएका छन् ।
आज बिहान करीब ११ बजे बिराटनगरबाट रंगेलीतर्फ जादै गरेको को.१ त. ७९५५ को ट्रयाक्टरको अगाडीको बायाँ टायर अचानक पडकिइ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खस्दा चालकसहित ९ जना घाइते भएका छन् । घाइते मध्यका धनपाल थानका चिनियाँ मुखिया ,रंगेलीका अदुलिया मुखिया , र कमल मुखिया गम्भिर घाइते भएका छन् ।
उनीहरुको बिराटनगर स्थित कोशी अन्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोहन पासवान, रन्जनि पासवान , रामप्रित पासवान,त्रिति पासवान,रामहरि पासवान ,र सवारी चालक बिनोदकुमार मण्डल सामान्य उपचार पछि घर फर्किएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिबबाबू खड्काले जानकारी दिए ।