खबर पूर्वाञ्चल
१७ चैत्र २०७३, बिहीबार १९:१०
विराटनगर, १७ चैत / मधेसी जनअधिकार फोरम लोकतान्त्रीक नगर समिति विराटनगरले नगर समिति विस्तार गरेको छ ।
नगरको आज वसेको वैठकले समिति विस्तार गरेको हो । विस्तारित समितिको उपाध्यक्षमा प्रमिला कर्ण,रुषतम अली, सचिवमा सोनु दास, सहसचिवमा दिपेन्द्र स्वर्णकार र सत्यम नेपाली रहेका छन् ।
यसै गरी सदस्यहरुमा राजकुमार राय,राजेश रौनियार आनन्द राठी,अच्छेलाल यादव मनोज कामत,छोटु खान,अजय झा र विनोद दास लगायत रहेको लोकतान्त्रीक नगरका अध्यक्ष पंकज वर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?