AArya
RUMPUM
animated ellipse animated ellipse

आशुले मन रुवाएकोेले आश्रम खोले शुलेमान शंकर (ईकु)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७३, बिहीबार १८:३७
3
Shares
२०४० सालमा हेटैडामा आमा शुकमाया र बाबु गोपाल शंकरको कोखबाट काईला सन्तानको रूपमा जन्मीएका शंकरले हाल सम्म १ दर्जन टेली सिरीयल र १ दर्जन फिल्म खेली सकेका छन । आफ्ना ९ वटा सन्तानलाई लालन पालनकालागी रात दिन नभनी स्टेजमा मेहेनत गर्ने शंकर पुर्वका कार्यक्रममा आएको बेला गरेको पथरीका पत्रकार गोपाल काफ्लेले गरेको कुराकानि
इकुसँग अन्तरवार्ता लिदै गोपाल
इकुसँग अन्तरवार्ता लिदै गोपाल

स्नेह आश्रमले के गर्छ ?
भुकम्पमा आमा बाबू गुमाएका बाल बालीकाको कृतिम बाबू आमा दिलाई दिएको छ ।
 कृतिम भन्नाले ?
ईकु र ईकुको श्रीमती संझना शंकर हामी दुई उनिहरुको आमा बुबा बनेका छौ ।
 उनिहरुलाई आशरय दिनुको कारण ?
केही छैन मात्र यति हो म आज यो ठाँउमा बालबालीकाको कारणले आए मैले कमाएर लाने केही होईन । जति कमाउनु बालबालीकाले कमाई दिसके मैले त्यसैको गुन तिर्न खोजेको हु ।
गाह्रो होलानी ?
आथिक कठिनाईत छ म एक्लैले धान्नु छ तर छोरा छोरी पाल्न चै गाह्रो छैन । भगवानले “त चिता म पुर्याउछु भन्नू भाको छ“ ।
संघ संस्था तथा साथी भाईबाट सहयोग ?
संघ संस्थाबाट चै छैन थोर बहुत साथी भाईबाटचै सानो तिनो सहयोग पाएको छु तर सम्पुर्ण सहयोग चै कार्यक्रमबाट आएको स्रोत चै हो ।
 आश्रममा कति बच्चा छन ?
९ जना
 बच्चाहरु पाल्ने फेसन छ तपाईको उद्घेश्य चै ?
मेरो भबिष्य उनिहरुले बनाए उनिहरुको भबिष्य मैले बनाउने हो ।
एक्लैले त पालन पोषण गर्न गाह्रो होलानी ?
सुरुवात गरे मेरी बुढी संझना र १ जना सहयोगीले सहयोग गरेका छन उनिले स्याहार सुसार गर्छीन् बच्चाहरु ज्ञानी छन म बाहिर स्टेज कार्यक्रममा हुन्छु चलेकै छ हेरै केहुने हो । भोकै बस्छु तर उनिहरुलाई बचाउछु ।
बाधा अवरोध आउँछ होलानी ?
म जस्तो एउटा सामान्य कलाकारले सामाजीक काम गरेको छु हौसला पाएको छु बाधा छैन ।
आश्रम कहाँ छ ?
काठमाडौं जोरपाटीको मुलपानीमा छ ।
तपाईत कलाकार सहयोगीहरु भेट्नुहुन्न र ?
धेरैले गर्छु भनेका छन गर्नु हुन्छ होला । सबैले आफ्नो संझेर गर्नु भए आभारी हुन्थे । मैलेत पालेको मात्र हो तिनीहरु आम जनताका छोराछोरी हुन । सहयोग गर्नु होला मरेर लानु के छ र भोली आफु र आफ्नोलाई पर्दा यो सहयोग आफुलाई जुरर्न सक्छ ।
अब तपाईको जीवन तिर जाउँ
तपाईको बाल्यका चै कहाँ बितो ?
हेटौडामा ।
 पढाइ चै ?
प्लस टु पास पाटन क्याम्पसबाट ।
 कहिले देखि कलाकारीतामा आउनु भयो ?
२०५६ देखि कलाकारीतामा लागे
कस्को पेरणाले यो क्षेत्रमा लाग्नु भयो ?
२०५५/५६ तिर क्याम्पसमा कमेडी गर्दा साथी भाई र दर्शको पेरणाले कलाकार भए पछी मलाई यो ठाउँमा ईकु भनी चिनाउने चै माग्ने बुढाले हो ।
कहाँबाट सुरू भयो कलाकारले यात्रा ?
थोरै भए पुगेसरीबाट सुरु भयो ।
कहाँबाट दर्शकले चिन्न सुरू गरे ?
तितो सत्यले कलाकार भनि चिनायो भने मेरी बास्सैले दर्शकमाझ लोक प्रिय बनायो ।
यो क्षेत्रमा आउनेलाई के भन्नू हुन्छ ?
सिकेर, बुझेर, अग्रजहरु संगको सल्लाहा बमोजिम अगाडि बढ्नुहोला हचुवाको ताल, रहर र पौसाको भरमा बिना कला अगाडि बढेर समय बर्बाद नपार्नु होला ।
तपाईलाई कति गाह्रो भयो ?
सुरु सुरुमा त गाह्रै हुन्छ मैले पनि पाए तर हरेश खाईन ।
२१ अहिले सम्म कति टेलिसिरियल र फिल्म खेलि सक्नु भो ?
१/१ दर्जन भन्दा बढीनै भयो ।
आश्रममा सहयोग गर्न मन भएकालाई के भन्नू हुन्छ ।
यदि स्नेह आश्रममा भएका तपाईं हाम्रो नानिहरुलाई सहयोग गर्न चाहानु हुनछ भने भरसक आएर नानिहरु संग केही समय बिताएर बाबू आमाको माया दिनु होला नसके तपाईको नानी तपाईको आश्रम हो यिनीहरुलाई मैले जस्तै जोगाई बचाई राख्नुहोला सहसोगकोलागि मेरो मोवाईल नं. ९८४१५१५०८० मा संपर्क गर्न सक्नु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर