AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको पथरीशनिश्चरेमा चितुवा गाउँ पस्यो, ४ घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ चैत्र २०७३, बिहीबार १८:०३
3
Shares
चितुवाको आक्रमणबाट घाइते
गोपाल काफ्ले 
पथरी, १७ चैत / मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गत हसन्दह भोटे घुम्तीमा चितुवा फेला परेको छ । रामनवमी मेला लाग्ने ठाउँ भोटु घुम्तीमा आएको चितुवाले ४ जनालाई सामान्य घाइते बनाएको छ ।
बिहान करिब १२ तिर खेलमा काम गरिरहेको बेला अनित धिमाललाई पछाडीबाट आक्रमण गरि घाईते बनाएको हो ।
घाइते हुनेमा ४५ वर्षीय अनिल धिमाल, र पवन ऋषिदेव घाइते भएका छन् । चितुवालाई इलाका प्रहरी पथरी र सेक्टर बन कार्यालय मंगलबारेका कर्मचारीले घेरेर राखेका थिए ।
चितुवा टिकको बगानमा बसेको थियो । चितुवा हेर्न वरपरका गाउँले भेला भएका थिए । करिब २ बजे तिर एक ब्याक्तीले रुखमा चढी चितुवालाई तरसाए पछि चितुवा भाग्ने क्रममा पुन २ जनालाई घाईते बनाएको छ । घाईते हुनेमा पथरीशनिश्चरेका पत्रकार बिजय खम्बु र अमहरद २ का धनलाल ऋिसीकेस रहेका छन । अहिले चितुवा बटो नजिकको मकै वारि भित्र बसेको छ । घटनास्थल महेन्द्र राजमार्ग पथरीबाट ६ किलोमिटर दक्षिणमा पर्छ ।
चितुवा भोकाएर गाउँ पसेको हुन सक्ने इलाका बन कार्यालय मंगलबारेका प्रमुख तारणीप्रसाद चौधरीले बताए । ‘केही दिन अगाडि आमबाडीमा देखिएको चितुवा नै यहाँ आएको हुन सक्ने र जंगलमा आहारा नपाएर आहाराको खोजीका लागि गाउँ पसेको हुनुपर्छ,’ चौधरीले भने ।
केही समय अगाडि उर्लाबारीमा पनि यस्तै चितुवा देखिएको र उद्घार टोली चितवनबाट आउन ढिला भई चितुवा हराएको थियो । पटक पटक चितुवाले आक्रमण गरेकाले गाउँनै आतङकित भएको छ । उद्घार टोली आउन अछै समय लाग्ने भएकाले उक्त स्थानमा रमिता हेर्नु सिवाय केही छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर