AArya
RUMPUM
animated ellipse animated ellipse

हातीपाइले रोग विरुद्धको कार्यक्रमको सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७३, बुधबार २१:१२
3
Shares
विराटनगर, १६ चैत / मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेर औपचारिक रुपमा सुभारम्भ गरे ।
कोशी अञ्चल अस्पतालको प्राङ्गढमा एक कार्यक्रमको आयोजना गरी हातीपाइले रोग विरुद्धको औषधि सेवन गरी कार्यक्रमको सुरुवात गरिएको हो । मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मी, विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइराला, महिला तथा बालबालिका कार्यालय प्रमुख दुर्गा बराल लगायतले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन गरे ।
मोरङमा बिहीबारदेखि हातीपाइले रोग विरुद्धको औषधि वितरण गरिदै छ । मोरङमा ४ हजार ६ सय स्वयंसेवक ५ सय स्वास्थ्यकर्मी र २३ केन्द्रबाट बिहीबारदेखि ३ दिन हातिपाइले रोग विरुद्धको औषधि वितरण गरिने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहेताले जानकारी दिए । मोरङमा ९ लाख ३२ हजार ५ सय ५ जनालाई हातिपाइले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको कार्यक्रममा जानकारी दिइएको थियो ।
मोरङ जिल्लामा ९ सय भन्दा बढी हातिपाइले रोगका बिरामीहरु रहेका छन् । यो औषधि खाली पेटमा सेवन गर्न नहुने कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै गर्भवती महिला , २ बर्ष मुनिका बालबालिका , दिर्घरोगी र ७० बर्ष भन्दा माथिकाले औषधि सेवन गर्नु हुदैन ।
औषधि सेवन गर्दा हातीपाइलेको परजीवी हुनेलाई हल्का रिगटा लाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने भएकाले नडराउन पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर