RUMPUM
animated ellipse animated ellipse

एसएसबीबाट मारिएका साहको परिवारले पाए छ बर्ष पछि राहत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७३, सोमबार १५:४७
3
Shares
विराटनगर, १४ चैत /भारतियसिमा सुरक्षा बल (एसएसबी) को गोली लागि ज्यान गुमाएका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले ६ बर्षपछि राहत रकम दिएको छ ।
आज विराटनगर एक कार्यक्रमको आयोजना गरी उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साहकी श्रीमती उर्मिला, छोराहरु गौतम , जयकान्त र छोरी लक्ष्मीलाई दशलाख रुपैयाको चेक प्रदान गरेका छन् । घटना पछि राहत रकम दिने , परिवारको एक जनालाई प्रहरीमा भर्ना गर्ने भनिए पनि ६ बर्ष पछिमात्र राहत रकम दिइएको हो ।
साहको २०६७ जेठ ११ गते भारतीय सुरक्षाकर्मी हितेन्द्र सिहले गोली हानेर हत्या गरेका थिए । एसएसबीले नेपाल भारत सिमाना भन्दा करीब २ सय फिट नेपालतर्फ आएर गोली हानेको थियो ।
गृह मन्त्री निधिले साहका दुई जना छोराहरुलाई म्यादी प्रहरीमा भर्ना गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन् । उनले अभिभावक गुमाएको साह परिवारका लागि राज्य अभिभाबक भएको बताए । जनतालाई दुख पर्दा समाज र राज्यले हेर्नु दायित्व भएकोले राज्यले दायित्व पुरा गरेको गृह मन्त्री निधि बताए ।
गृह मन्त्री निधिले पश्चिममा भर्खरै भएको यस्तै घटना पछि मोरङमा भएको घटनाका बारेमा राहत नपाएको आफुले थाहा पाएको बताए ।
यस विषयमा राज्यबाट पिडीतका परिवारलाई राहत प्रदानलगायतका विषयमा कुनै पहल नभएपछि राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक तथा संचारकर्मीहरुले दवाव सिर्जना गरेका थिए। घरको अभिभावक गुमाएका उनिहरुको परिवार मुस्किलले चल्दै आएको थियो । परिवारको आर्थिक अबस्था कमजोर भएका कारण साहका माहिला छोरा पाँच महिना अधि बैदेशिक रोजगारमा गएका छन । अभिभावक गुमाए पछि छोराहरुले पनि पढाई छोडेको तथा परिवार धान्न मुस्किल भएको साहकी श्रीमती उर्मिलाले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर