RUMPUM
animated ellipse animated ellipse

हरैंचा महोत्सव सोमबारदेखि सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७३, आईतवार २१:१७
3
Shares
विराटनगर, १३ चैत / मोरङको सुन्दरहरैंचा नगरपालीका – १ हरैंचा बजारमा सोमबारदेखि हरैंचा महोत्सव २०१३ संचालन हुने भएको छ ।
हरैंचा स्पोर्टस क्लबले स्थानिय राधाकृष्ण सामुदायीक भवन निर्माणको सहयोगार्थ महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सव स्थलमा आज पत्रकार सम्मेलन गर्दै आयोजक क्लबका अध्यक्ष प्रकास मास्केले महोत्सवमा स्थानिय उत्पादनको प्रवद्र्धन , आदीवासी जनजातीका खानाका परिकार , विभिन्न मनोरञ्जनात्मक खेलहरु समावेश हुने जानकारी दिए ।
महोत्सवमा स्थानिय सहकारी संस्थाबाट कपडाको स्टल राखिने, इलाममा उत्पादीत खाद्य बस्तुहरुका साथै स्थानिय थारु , खवास लगायतका आदीवासी जनजातीहरुका खानाका परिकारहरुका स्टलहरु रहने अध्यक्ष मास्केले बताए ।
सोमवारदेखि २४ गतेसम्म संञ्चालन हुने महोत्सवमा करिब २५ वटा स्टल रहने, महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्यहरुको प्रस्तुती रहने महोत्सव मुल ब्यवस्थापन समितिका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार महोत्सवको आकर्षण प्रत्येक दिन राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, शिव परियार, ज्योती मगर, डम्बर नेपाली, कमल खत्री, मेलिना राई , श्रीकृष्ण लुईंटेललगायतको प्रस्तुती रहने जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न करिब २५ लाख खर्च हुने अनुमान गरिएको र उक्त रकम टिकटबाट, स्थानिय ब्यापारी, उद्योगी, समाजसेवीहरुबाट संकलन गरिने समितिका संयोजक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर