विराटनगर, १३ चैत / मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङले आजबाट विराटनगरलाई महानगरपालिका बनाउन दबाबमूलक अभियान सुरु गरेको छ ।
सो क्रममा उक्त पार्टीको जिल्ला कार्यसमितिले आज जिल्ला समन्वय समिति मोरङ कार्यालय अगाडि धर्ना र कोणसभा गर्दै सो विषयमा ज्ञापन पत्र समेत बुझाएको छ ।
कोणसभामा बोल्ने फोरम लोकतान्त्रिक पार्टी केन्द्रीय तथा स्थानीय नेताहरुले राजनीतिक स्वार्थमा लिप्त ठूला दलका केही नेताहरुका कारण विराटनगरलाई महानगरपालिका बनाउनबाट बञ्चित गर्न खोजिएको दाबी गरेका थिए । कार्यक्रममा बोदै मोरङ अध्यक्ष भक्तिनाथ माझीले ठूला राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि कर्मचारी तन्त्रलाई दुरुपयोग गरेर विराटगनरमाथि अन्याय गरेको दाबी गरे ।
पार्टीका नगर अध्यक्ष पंकजकुमार वर्माले विराटनगरमा महानगरपालिका बन्ने सम्पुर्ण पूर्वाधार रहँदा रहँदै उपेक्षा गरिएको विषय आपूmहरुलाई मान्य नहुने विचार व्यक्त गरे । उनले दबाब मूलक कार्यक्रम निरन्तर जारी रहने र सो क्रममा धर्ना, जुलुस, मोटरसाइकल ¥यालीलगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
सो क्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक शोभाखर रेग्मीमार्फत सरकारलाई ज्ञापन पत्रसमेत पठाइएको थियो ।