RUMPUM
animated ellipse animated ellipse

मञ्चले स्थापना दिवस मनायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ चैत्र २०७३, शनिबार २०:०५
3
Shares
पथरी, १२ चैत / लिम्बु विद्यार्थीहरुको सामाजिक विद्यार्थीहरुको प्रतिनिधि मूलक संस्था लिम्बू बिधार्थी मञ्चको १९ औं स्थापना दिवस मनाएको छ ।
आज पथरी स्थित पथरी बहुमुखी क्याम्पसमा “समाजशास्त्रीय दृष्टिकोणमा लिम्बुहरु“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य एवम बुद्धिजिवि कमल तिगेलाले सहजीकरण गरेको कार्यक्रम लिम्बु विद्यार्थी मञ्च मोरङले आयोजना गरेको हो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका कार्याबहक अध्यक्ष विवेक योङहाङ, किरात विद्यार्थी संघका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईलगायतले सम्बोधन गरेका थिए । मञ्चका विभिन्न क्याम्पस शाखा समिति, मावि शाखा समिति र अभिवावक गरी ८० जनाको कार्यक्रमममा सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर