विराटनगर १२ चैत्र / राष्ट्रिय गायक विनोद गुरुङलाई विराटनगर ९ मा रहेको होटल चिनारीले आर्थिक रकम जुटाइदिएको छ ।
गित गाउदै गायक गुरुङ
विगत लामो समय देखि छालाको क्यान्सरबाट पिडीत आफ्नी श्रीमतीको उपचारको लागी गायक केहि दिन देखि विराटनगरमा रहेका छन् ।
गायक गुरुङले वेच्न राखेका सिडीहरु
गुरुङले आफना चर्चित गीत गाउदै होटलमा आएका ग्राहक तथा शुभचिन्तकहरु विच गित गाउँदै उनको लोगप्रिय सिडी बिचिरहेका छन् ।
गित गाउदै गायक गुरुङकी छारी शिवानी
गायक गुरुङ यतीबेला ठूलो आर्थिक संकटमा पर्दै आएका छन् । आफ्नो जीवन संगितमा समर्पण गरेका गायक गुरुङ श्रीमतीको उपचार खर्च जुटाउन नसकेर संकटमा परेका हुन् । आर्थिक अभावका कारण जीवन संगिनिको उपचार खर्च जुटाउन गायक गुरुङ यति बेला विराटनगरको चोक,स्कुल, कलेज तथा होटलहरुमा गीत गांउदै आर्थिक संकलन गरिरहेका छन ।
विगत एक महिना भन्दा लामो समय देखि विराटनगरको स्कुल, कलेज र गजल रेष्टुरेन्टमा आफनो गित गाउदै र गीतको सिडी बेच्दै उनी श्रीमती रिताको उपचारकालागि खर्च जुटाईरहेका छन् ।
शुत्रबार राती होटल चिनारीमा २० हजार ५ सय रुपैया सकंलन गरी होटल संचालक रिन्जे गुरुङले गायक तथा अन्य कलाकारहरुलाई खादा लगाई संकलित रमक हस्तान्तण गरेका थिए ।
गायक विनोद गुरुङलाई र उनका छोरी १८ वर्षिया शिवानी गुरुङले पनि गीत गाएर सहयोग गर्दै आएकी छिन् ।
।
विराटनगर–१० मा रहेको भानु कला केन्द्रका किरण सोनाम र सनिदप तथ सुरेन्द्र महतोले संगितमका सहयोग गरेका थिए । तस्वीरहरु पुष्पराज थपलिया खबरपूर्वाञ्चल