विराटनगर, १२ चैत / प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले तोकिएको मितिमा स्थानियतहको निर्वाचन गराउन आयोगले सवै तयारी अघि वढाएको बताएका छन् ।
विराटनगरमा आज निर्वाचन आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख आयुक्त यादवले मधेशवादी दलहरुलाई निर्वाचनामा सभागी गराउन प्रमुख दलहरु विच घनिभुत छलफल भइरहेकाले मधेशी मोर्चा पनी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।
उनले दलिय सहमतिमा निर्वाचन हुने भएकोले मधेशबादी दल सहित सबै दलविच चाँडै सहमति हुनु आवश्यक भएको बताए । उनले दुई नम्बर प्रदेश तथा पश्चिमका केही ठाउँमा संयुक्त मधेशी मोर्चाको अबरोधका कारण काममा समस्या भएको भन्दै दलहरु विच आबश्यक छलफल गरेर सहमति गरि निर्वाचनको लागि बाताबरण बनाउनु पर्नेमा जोड दिए ।
प्रमुख आयुक्त यादवले सबैतिर निर्वाचन एकै दिन गराउने गरी तयारी भएको भन्दै मधेशबादी दल तयार नभए पनि निर्वाचन भने नरोकीने बताए ।
उनले निर्धारित समयमा निर्वाचन सफल हुने बताउदै मधेशबादी दलहरु पनि निर्वाचनमा लागेकोले निर्वाचनमा अबरोध हुदैन भन्नेमा विश्वास रहेको बताए ।
उनले निर्वाचन आयोगले अहिले सम्म २२ जिल्लाको लागि मतपत्र छापिसकिएकोले घरघरमा मतदाता शिक्षाका लागि टोली परिचालनको तयारी भइरहेको जानकारी दिए ।
प्रमुख आयुक्त यादवले मधेशी मोर्चाले जनसङ्ख्याको आधारमा स्थानिय तहको संख्या भए चुनावमा जाने भनेको प्रसङ्मा उनले दलिय सहमति भए त्यसको ब्यवस्थापनका लागि पनि आयोग तयार भएको बताए । यस पटक समाबेशी तर्फ महिला दलितका लागि पनि कोटा भएकोले आयोगले मतदाता शिक्षा संगै यस विषयमा पनि जानकारी गराउने बताए ।
प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन छुट्टाछुट्टै हुने भन्दै उनले त्यसको लागि पनि समय कम भएकोले सबैले तिब्र रुपमा तयारीमा लाग्नु पर्ने बताए ।