खबर पूर्वाञ्चल
११ चैत्र २०७३, शुक्रबार १९:०५
विराटनगर, ११ चैत /विश्व क्षयरोग दिवसका अवसरमा आज विराटनगरमा क्षयरोग अन्त्यका लागि सबै संगठीत होऔं भन्ने मूल नाराका साथ ¥याली निकालिइएको छ ।
जिल्ला जनस्वास्वास्थ्य कार्यालय मोरङ र क्षयरोग निवारण केन्द्र विराटनगरको संयुक्त आयोजनमा लिकालिएको ¥यालीले जलजलामोड, मेनरोड, गोश्वारा रोड , अस्पताल चौक हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ¥यालीमा सहभागीहरुले जनचेतनामूलक प्लेकार्ड बोकी नगरको परिक्रमा गरेका हुन् ।]
¥यालीपछि आयोजित कार्यक्रममा बोल्दै क्षयरोग निवारण केन्द्र मोरङका अध्यक्ष राजन श्रेष्ठ, जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहतालगायतले नेपालमा क्षयरोगी पहिचान गराउन समस्या भएकाले सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्षयरोग निवारण केन्द्रको होस्टलमा बसी उपचार गराइरहेका बिरामीहरुलाई हर्लिक्स वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?