संघीयता र सिमांकनको मुद्दालाई छाडेर चुनावमा जान नसकिने– अध्यक्ष महतो
खबर पूर्वाञ्चल
११ चैत्र २०७३, शुक्रबार १८:२३
3
Shares
जनकपुर, ११ चैत / सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा कुनैपनि हालतमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
उनले राज्यले मधेसको माग सम्बोधन गरेको अवस्थामा मात्रै मधेसमा निर्वाचनको वातावरण निर्माण हुने बताए । जनकपुर विमानस्थलमा आज संचारकर्मीहसंग कुरा गर्दै अध्यक्ष महतोले मधेसको मागलाई सोझै संविधान संसोधन मार्फत सम्बोधन गरिनु पर्ने अडान दोहो¥याएका छन् । अध्यक्ष महतोले संघीयता र सिमांकनको मुद्दालाई छाडेर चुनावमा जान नसकिने जिकिर गरे ।
अध्यक्ष महतोले सरकारले जबजस्ती निर्वाचन गराउन खोजे त्यसलाई मधेसका जनताले वहिष्कार गर्ने बताए । उनले मधेसका समस्या समाधान भएको अवस्थामा मात्रै निर्वाचन सम्भव हुने बताए ।
अध्यक्ष महताले आफुहरुसमेत निर्वाचनमा भाग लिन खोजेको बताउँदै यसका लागि विश्वसनीय वातावरण निर्माण गर्ने दायित्व सरकारको भएको बताउँदै उनले संविधान संसोधन नै त्यसको विश्वसनीय आधार भएको जिकिर गरे ।