AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा एक ब्यक्ती मृत फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ चैत्र २०७३, बुधबार १०:५६
3
Shares
तस्वीर आवरविराटनगर नेट
विराटनगर, ९ चैत / विराटनगर १०(साविक–१३) सन्सारीमाई स्थान मन्दिर नजिकै शाहि मार्गमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ३२ बर्षका सञ्जय महतो साइकलसहित सडक किनारको नालामा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको मोरङ प्रहरीले जानकारी दिएको छ । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।
शवको प्रकृति हेर्दा साइकल अनियन्त्रि भइ नालीमा पसेको र त्यहाँबाट उठ्न नसकि उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । तर घटनाको पुर्ण विवरण अनुसन्धान पछि मात्र बाहिरिने मोरङ प्रहरीका प्रवक्ता योगेन्द्रसिंह थापाले बताए ।
घटना कतिबेला भएको हो भन्ने यकिन भन्न नसकिएपनि ‘रातको समयमा घतना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
मोरङ प्रहरीका प्रवक्ता थापाले शवलाई कोशी अञ्चल अस्पतालमा पोष्टमाटमकालागि पठाएको छ । पोष्टमाटमपछि मात्र यथार्थ कुरा थाहा पाउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर