AArya
RUMPUM
animated ellipse animated ellipse

विकासमा अवरोध हुदैन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७३, सोमबार १९:०८
3
Shares
विराटनगर, ७ चैत/ विभिन्न राजनीतिक दलहरुले विराटनगर भित्र सञ्चालित विकास निर्माणकाका कामलाई अवरोध नगर्ने प्रतिवद्धता जनाएका छन् ।
बन्द हडतालका नाममा विकास निर्माणको कार्य रोक्न नुहने भन्दै ८ वटा क्रियासिल राजनीतिक दलका स्थानीय नेताहरुले विकासमा कुनै किसिमको अवरोध नगर्ने सहमती जनाएका हुन ।
विराटनगर उपमहानगरपालिकामा भएको छलफलमा कांग्रेस,एमाले, माओवादीकेन्द्रलगायत दलका नेताहरुले अवरोभ नपू¥याउने सहमती जनाएका हुन् । छलफलका क्रममा कांग्रेस नगरसभापति भिम पराजुली, एमाले नगर इन्चार्ज सागर थापा, माओवादी केन्द्र नगर संयोजक नमिता न्यौपाने, राप्रपा नगर अध्यक्ष डा. दुर्गा अधिकारीले विकास निर्माणमा अवरोध नगर्ने भनी हस्ताक्षर गरेका छन् ।
त्यस्तै संघिय समाजवादी फोरमका नगर सचिव रामचन्द्र यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका पंकज बर्मा, सदभावनापार्टी नगर अध्यक्ष मो.नसरुल, तमलोपा मोरङ अध्यक्ष मो. कादिर, मओवादी केन्द्रसहसंयोजक सारदा मैनालीले विकास निर्माणका अवरोध नगर्ने भन्दै हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर