विराटनगर, ६ चैत / होमियोप्याथिक चिकित्सा क्षेत्रको विकासकालागि अधिकार सम्पन्न बोर्ड गठन गर्न माग गरिएको छ ।
लामो समय देखि होमियोप्याथिक चिकित्सा काउन्सिल गठनको माग गर्दै आएको नेपाल होमियोप्याथिक चिकित्सक संघले तत्काल अधिकार सम्पन्न बोर्ड गठन गर्न माग गरेको हो ।
आज आइतवार विराटनगरमा पत्रबार सम्मेलन गरी नवनिर्वाचित अध्यक्ष डा.रविन्दकुमार राँयले होमियोपैथिक चिकित्सव काउन्सिल तत्काल गठन गर्न राज्यसँग माग गरेका छन् । होमियोप्याथिक चिकित्सव काउन्सिल गठन नहुँदा समस्या भएको भन्दै तत्काल गठनको लागि पहल गर्ने उनको भनाई छ ।
चिकित्सक काउन्सिल गठन गर्न समय लाग्ने भएकाले तत्काल अधिकार सम्पन्न आयोग गठन गर्न माग गरिएको जानकारी उनले दिए ।
विस २०५३ सालकोे मन्त्रि परिषद निर्णयले बोर्ड गठन गर्ने निर्णय गरेको बताउदै उनले तत्काल सरकारले अधिकार सम्पन्न बोर्ड गठन गर्न माग गरे ।