CLASSICTECH NET

सफ्ट टेनिसमा पहिलो चरणको खेल सम्पन्न

खबर पूर्वाञ्चल, ५ चैत्र २०७३, शनिबार १९:४४
विराटनगर, ५ चैत / विराटनगरमा आजदेखि शुरु भएको नारायणप्रसाद गिरी स्मृति सफ्ट टेनिस प्रतियोगिता अन्तरगत पहिलो चरणको खेल सम्पन्न भएको छ ।
जिल्ला स्तरिय प्रतियोगितामा राउण्ड रोविनको आधारमा ६ जना दोश्रो चरणको लागि प्रवेश गरेका छन् । क्वाटरफाइनलमा प्रवेश गर्नेहरुमा रनिस तामाङ, आशिष बोहरा, युरेश योन्जन, मुकुन्द बुढाथोकी, दीपेन्द्र थापामगर र राजेश लामिछाने क्षेत्री रहेका छ । महिला समूह अन्तरगतको खेल भने आइतबार हुनेछ ।
मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा भएको सो प्रतियोगिता अन्तरगत सोमबार क्वाटरफाइनल र सेमिफाइनलको खेल हुनेछ ।
प्रतियोगितामा १६ पुरुष र ६ महिला गरि २२ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । सफ्ट टेनिस संघ मोरङका अध्यक्ष श्यामकुमार लामाका अनुसार सोमबार प्रतियोगिताको समापन हुनेछ ।
गिरीको श्रीमति डेजी गिरीले आफ्ना स्वर्गीय पतिको स्मृतिमा सो प्रतियोगिताको आयोजना गरेको हुन । उद्घाटन कार्यक्रममा मोरङ ब्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहरा, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्य लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५