खबर पूर्वाञ्चल
४ चैत्र २०७३, शुक्रबार १६:१५
विराटनगर, ४ चैत / मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा नारायणप्रसाद गिरी स्मृति सफ्ट टेनिस प्रतियोगिता हुने भएको छ ।
जिल्लामा सफ्ट टेनिस खेलको गतिबिधि शुन्य रहेको अबस्थामा नयाँ तथा पुराना खेलाडीलाई प्रोत्साहन जगाउन उदेश्यले चैत ५ देखि प्रतियोगिताको आयोजना हुन लागेको हो ।
गिरीकी श्रीमती डेजी गिरीले आफ्नो श्रीमानको स्मृतिमा सो प्रतियोगिताको आयोजना गर्न लागेको सफ्ट टेनिस संघ मोरङका अध्यक्ष श्यामकुमार लामाले बताए ।
तीनदिनसम्म हुने सो प्रतियोगितामा पुरुष र महिला गरि कुल २६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा २० पुरुष र ६ महिलाले प्रतिष्पर्धा गर्नेछन् ।
सफ्ट टेनिस संघ मोरङका सदस्य किरण लामाका अनुसार हाल जिल्लामा मात्र ३० खेलाडी रहेका छन् । गत माघमा गठन भएको सफ्ट टेनिसको नयाँ कार्यसमितिले सो खेलको बिकासका लागि अन्य प्रतियोगिता समेत आयोजना गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?