AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अधिकार प्राप्तिका लागि महिलाहरु आफै लड्नुपर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७३, बुधबार १८:४९
27
Shares
विराटनगर, २ चैत / नयाँ संविधानमा महिलाहरुको हकअधिकार सुनिश्चित गरिएपनि त्यसलाई कार्यान्वयनमा ल्याउन महिलाहरु आफै सचेत हुनुपर्नेमा सरकारकोवालाहरुले जोड दिएका छन् ।
बुधबार अनेम संघ टंकिसिनुवारी गाउँ कमिटीले १ सय ७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको ‘नेपालको संविधान २०७२ मा महिला हक र वर्तमान कानूनमा महिला सम्बन्धि कानूनी व्यवस्था’ विषयक प्रशिक्षण मुलक अन्तरक्रियाका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाम्फेले महिलाहरुको अधिकार स्थानीय तहमा ५० प्रतिशत कार्यान्वयन गराउन महिलाकै शसक्त भूमिका हुनुपर्नेमा जोड दिइन् । उनले सवै महिलाहरुले आआफ्ना क्षेत्रबाट अधिकार प्राप्तिका लागि आफ्ना दलहरुलाई समेत दवाव दिनुपर्नेमा जोड दिइन् ।

सांसद तारादेवी राईले अहिले महिला मैत्री कानून बनेपनि यसलाई कार्यान्वयनमा ल्याउन महिलाहरु नै जागरुक हुनुपर्नेमा जोड दिइन् । उनले अहिले बहुविवाहलाई पूर्णरुपमा निषेध गरिनु, जन्मदर्ता गराउँदा आमा वा बाबुबाट भन्ने उल्लेख हुनुलगायतका सकारातमक पक्षको चर्चा गर्दै यी अधिकारहरुलाई संस्थागत गर्न कार्यान्वयनमा सवैको ध्यान जान जरुरी रहेको बताइन् ।

कार्यक्रममा २ सय ५० जनाको सहभागीता रहेको अन्तरक्रियालाई कानून व्यवसायी जगतबहादुर थापाले सहजिकरण गरेका थिए भने , कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल अनेमसंघ केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज यशोधा अधिकारी अनेमसंघ जिल्ला कमटी सदस्य रिता न्यौपानेलगायतले शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर