पूर्वाञ्चल खबर
एफएमको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार माध्यममा सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थीति रहेको थियो । सो अबसरमा शुभकामना आदान प्रदान गरिनुका साथै एक आपसमा अविर दलेर होली भनाइएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले विएफएमले वर्षेनि सामाजिक दायीत्व समेत निर्वाह गरिरहेको बताउदै सरकारले एफएम रेठियोहरुको समेत वर्गिकरण गरि सेवा सुविधा दिनु पर्ने बताए । वरिष्ठ पत्रकार यज्ञ शर्मा, मोहन भण्डारी, प्रेस युनियन मोरंगका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी मोरंका अध्यक्ष राम चन्द्र अधिकारी, पे्रस सेन्टरका केन्द्रीय सचिव विवेक गौतम, पत्रकार महासंघ मोरंगका उपाध्यक्ष कुमोद अधिकारीलगायतले होली पर्वको अबसरमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विएफएम ९१.२ का कार्यकारी निर्देशक डा. शन्देशदास श्रेष्ठले नेपाल पत्रकार महासंघ मोरंका नव निर्वाचित सम्पुर्ण कार्यसमितिका पदाधाधिकारी, कार्य समित सदस्यहरु, केन्द्रीय तथा प्रदेशका पार्षदहरुलाई वधाइ तथा सुभकामना दिए । उनले आगामी दिनमा मोरंगका पत्रकारहरुलाइ व्यवसायीक पत्रकारिताको विकासमा लागि पर्न अग्रह गरे ।
त्यसैगरी विराटनगर–१३ मान रहेको झिः पुन्च विराटनगरले फागु पर्णिमाको अवसर पारेर हाली मिलन कार्यक्रम गरेको छ ।
कर्यक्रममा झिः पुन्चका महासचिव तथा पर्यटन व्यवसायी भविश श्रेष्ठ, झिः पुन्चका पुर्व अध्यक्षहरु राजन श्रेष्ठ, लोकिन्द्र मल्ल, गोपाल जोशी र सुर्दशन श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।