पूर्वाञ्चल खबर
आइतवार राउण्ड टेवल विराटनगर ५ ले आयोजना गरेको होली ‘वाकाथुन’मा विराटनगरबासीसँग हमालले होली खेलेर रमाएका हुन् ।
विराटनगर अतिथि सदनबाट सुरु भएको वाकाथुनमा हमालसँग विराटनगरबासीले होली खेलेर रमाएका थिए । अतिथि सदनबाट सुरु ¥यालीले चोक चोकमा होली खेल्दै विराटनगर बजार परिक्रमा गरेको थियो ।
सो अवसरमा विराटनगरका स्थानीय कलाकारहरुले संस्कृति प्रस्तुती गरेका थिए ।
महानायक राजेश हमाल विराटनगरमा आए होलीमा रमाउँदा पनि सहभागि न्यून रहेको थियो । राउण्ड टेवल विराटनगरले आयोजना गरेको होली ‘वाकाथुन’मा पहिले तुलनामा निकै कम सहभागि रहेका थिए ।
आयोजकले प्रचार प्रसारको कमिका कारण कम सहभागि रहेको एक सहभागिले बताए । राजेश हमाल जस्ता कलाकार विराटनगरमा आएर होली खेल्दा समेत नगरबासीको सहभागि नहुनु यो भन्दा विडम्ब के हुन्छ ।

तस्वीरहरु- पुष्पराज थपलिया/ अनिल श्रेष्ठ/ खबरपूर्वाञ्चल, विराटनगर