AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्कूलले मनायो अभिभावक दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७३, शनिबार १७:३३
3
Shares
विराटनगर, २८ फागुन /विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ ।
विराटनगरमा आज शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रममा कक्षा नर्सरी देखि नौं सम्म अध्ययरत विद्यार्थीहरुले साँस्कृतकि नृत्य, गीत प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरे ।
सोही अवसर पारेर पाँच वर्षदेखि निरन्तर रुपमा अध्ययापन गराउने चार जना शिक्षक र एक जना कर्मचारीलाई स्कूलले समान गरेको छ । यसरी सम्मानित हुने शिक्षकहरुमा सनद कोइराला, व्रिजेश यादव, कुमकुम मिश्रा, र संगीता गनगाई तथा कर्मचारीमा पार्वती राजवंशी रहेका छन् । सम्मानित हुने शिक्षकहरुलाई प्याब्सनका केन्द्रीय सल्लाकार टिकाराम पुरीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न स्कूलले कुनै कुसर बाँकी नराखेको बताए । उनले आउँदा दिनहरुमा पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने जानकारी दिए ।
कार्यक्रममा विराटनगरको निजी स्कूलका सञ्चालक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो । स्कूलका अध्यक्ष भरत सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर