विराटनगर, २७ फागुन / भ्रष्टाचार विरुद्धको अभियानले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ ।
स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा उल्लेख भए अनुसार अस्पतालमा उपचार गराउन आउने विपन्न, असहाय र वेवारिसेका लागि कुल शैय्याको १० प्रतिशत शैया निःशुल्क गराउन माग गर्दे ज्ञापन शुक्रबार बुझाएको हो ।
भ्रष्टाचार विरुद्धको अभियानका अध्यक्ष पारुल क्षेत्रीले मोरङका जनस्वास्थ्य प्रशासक प्रमुख चन्द्रदेव मेहेतालाई ज्ञापन बुझाउनु भएको हो । विपन्न, असहाय र वेवारिसेका लागि कुल शैय्याको १० प्रतिशत शैया निःशुल्क गराउनु पर्ने प्रावधान भए पनि विराटनगरका अस्पतालहरुमा भने कार्यान्वय भएको पाइदैन । जिल्ला जनस्वास्थ्य कार्यालयले प्रावधान कार्यान्वयनमा लागि रहेको भने पनि व्यवहारमा लागू नभएकाले कार्यान्वयन गर्न माग गर्दे ज्ञापन बुझाएको टोलीले जनाएको छ ।