RUMPUM
animated ellipse animated ellipse

कञ्चनपुरको पुनर्वास घटनाको विरोधमा सुदूरपश्चिम बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०७३, शुक्रबार १७:३६
3
Shares
कञ्चनपुर, २७ फागुन / कञ्चनपुरको पुनर्वास घटनाको विरोधमा आज बिहानैदेखि सुदूरपश्चिममा स्वतस्स्फूर्त रुपमा बन्दको आयोजना गरिएको छ ।
तराईका कैलाली, कञ्चनपुरका बजार आज बिहानैदेखि बन्द छन् । यातायातका सवारी साधन चलेका छैनन् भने सीमा क्षेत्रका बजारमा तनाव बढ्दै जान थालेको छ ।
कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ भने प्रदर्शनकारीले भन्सार कार्यालयमा रहेको ब्यारियर तोडफोडसमेत गरेका छन् । मोहना नदी पारी जान नदिन प्रहरीले सामान्य बल प्रयोग गरे पनि सीमा क्षेत्रको डोकेबजार क्षेत्र तनावग्रस्त भएको छ । घटना भएको पुनर्वासको आइविआरडी, त्रिभुवनबस्ती, बेलौरी, खजुरीया सीमालगायतका क्षेत्रमा पनि बिहानैदेखि प्रदर्शन भइरहेका छन् ।
सीमा क्षेत्रमा रहेका भारतीय व्यवसायीका केही पसलमा आगजनीसमेत गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्न कुनै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।
पुनर्वास र त्रिभुवनबस्ती क्षेत्रका अधिकांश भारतीय व्यवसायीले घर पसल छोडेका छन् । सीमानामा रहेका सबै नेपाली बजार बन्द गरिएका छन् । कञ्चनपुर र कैलाली जिल्लाका सीमानामा रहेका अधिकांश सीमा क्षेत्रमा आवतजावतसमेत बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर