जाजरकोट बस दुर्घटनामा २० जनाको मृत्यु, दर्जनौ घाइते
पूर्वाञ्चल खबर
२६ फाल्गुन २०७३, बिहीबार २०:५३
3
Shares
जाजरकोट, २६ फागुन / जाजरकोटको भेरीमालिका नगरपालिका ४, बोहरागाउँ नजिक यात्रुबस दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।
ना ३ ख २२७९ नम्बरको बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो बाटोमा अनियन्त्रित भई बिहीबार बेलुका खोलामा खसेको हो । बसमा करिब ५० जना यात्रु सवार रहेका थिए ।
दुर्घटनास्थलमा घाइतेको उद्दार तथा मृतकको शव संकलन भइरहेको छ । मृतकहरूको सनाखत हुन सकेको छैन ।
घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको प्रहरीले जानकारी गराएको छ ।
बस जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन् ।