विराटनगर, २६ फागुन / होली पर्वको सन्ध्यामा मदर टेरेसा स्कुलमा होली मिलन कार्यक्रम समपन्न भएको छ ।
यसैबिच यस कार्यक्रमा बिभिन्न खेल तथा हाजरिजवाफ प्रतियोगिताा समेत खेलाइएको थियो । यता निवन्ध प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार समेत वितरण गरियो ।
जुनियरतर्फ प्रथम कक्षा ४ की नेहा ठाकुर, कक्षा ४ कै सोनिया मण्डल द्वितिय र कक्षा ३ की सोहाना खातुन तृतीय भए । त्यस्तै सिनियरतर्फ कक्षा ९ को लभ यादव प्रथम , कक्षा ८ को ओम सिंह द्वितिय र कक्षा ८ की आँचल यादव तृतीय भए ।
अहिलेको युवा पुस्तामा होली विकृतिको रुपमा नलिएर , हाम्रो मौलिक साँस्कृतीको रुपमा खेल्नु पर्छ भन्दै होली पर्व सोहद्रपुर्ण रुपमा खेल्न स्कूलका प्रिन्सिपल अजय अधिकारीले सिकाए । यस होली मिलन कार्यक्रमा कक्षा नर्सरी देखि कक्षा ९ सम्मको विद्यार्थी तथा शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको थियो ।