AArya
RUMPUM
animated ellipse animated ellipse

उसुमा ग्यालेक्सी पब्लिक प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०७३, मंगलवार १९:५६
3
Shares
विराटचोक, फागुन २४ नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार विभिन्न खेलका इभेन्टसहरु सकिएका छन् ।
‘स्वास्थ्यका लागि खेलकुद । राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मोरङ जिल्ला खेलकुद समितिको आयोजना तथा सुकुना माविको संयोजनमा सुकुनाकै खेल मैदानमा प्रतियोगिता जारी रहेको छ ।
आज भएको उसुको नान्छवान छात्रततर्फ ग्यालेक्सी पब्लिक हाइ स्कुलका एलिस मारिक प्रथम, विराट चिल्ड्रेन एकेडेमीकी कोशीस राई दोस्रो र अरनिको माविका अभिषेक वाग तेस्रो भए । छात्राततर्फ ग्यालेक्सी पब्लिक हाइ स्कुलकी एजिला मारिक प्रथम, आदर्श बालिका माविकी अन्जली मण्डल दोस्रो भइन ।
छाङछवान छात्रतर्पm सरस्वती माविका गोविन्द मारिक प्रथम, सरस्वती माविका वावा मारिक दोस्रो र मेरीगोल्ड बोर्डिङ स्कूलका पारस मारिक तेस्रो भए । छात्रातर्पm विराट चिल्ड्रेन एकेडेमीकी कृतिका राई प्रथम र अरनिको माविकी सेजल पौद्दार दोस्रो भइन ।
थाइचीछवानको छात्रतर्पm महेन्द्र माविका निरज राजवंशी प्रथम, अरनिको माविका दिपेश यादव दोस्रो र सत्यनारायण माविका प्रदिप घिमिरे तेस्रो भए । छात्राततर्फ अरनिको माविकी ऐनजल पौद्दार प्रथम र अरनिकोकै अदिती कर्ण दोस्रो भईन ।

उसु खेलको उत्कृष्ट खेलाडी छात्रतर्पm ग्यालेक्सी हाइ स्कुलका ऐलिस मारिक र छात्रातर्पm ग्यालेक्सीकै एलिजा मारिक भए । विद्यालयतर्पm ग्यालेक्सी हाइ स्कुल प्रथम, अरनिको मावि दोस्रो र विराट चिल्ड्रेन एकेडेमी तेस्रो भयो ।

त्यस्तै प्रतियोगिता अन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडको छात्रतर्पm राधिका माविका मधु मर्डी सतार प्रथम, जनता माविका अक्षय चौधरी दोस्रो र द राइजिङ बोर्डिङ स्कूलका मनिष कार्की तेस्रो भए । छात्राततर्फ जनसेवा माविकी गोमा थापा प्रथम, निलगिरी डनबस्को बोर्डिङ स्कूलकी खुश्वु मर्डी दोस्रो र साजिलाल माविकी हिमा खड्का तेस्रो भईन ।

त्यस्तै १५०० मिटर दौडको छात्रतर्फ जाँते माविका दिपेश मगर प्रथम, सुकुना माविका सुभन कार्की दोस्रो र पब्लिक माविका अजयकुमार मण्डल तेस्रो भए । छात्राततर्फ सरस्वती माविकी मनिषा मुर्मु प्रथम, सुकुना माविकी भावना श्रेष्ठ दोस्रो र आदर्श माविकी रुवि खातुन तेस्रो भइन ।

त्यसैगरी ज्याभलिङ थ्रोको छात्रातर्पm सुकुना माविकी सिता भारती प्रथम, सिंहदेवी माविकी सुभद्रा राई दोस्रो र राधिका माविकी वर्षा श्रेष्ठ तेस्रो भइन । छात्रततर्फ शारदा माविका विशाल लामा प्रथम, ज्योति माविका राजन कोइराला दोस्रो र सुकुना माविका विजय खवास तेस्रो भए ।

२०० मिटर दौडको छात्रातर्पm सरस्वती माविकी प्रजिना बस्नेत प्रथम, शारदा माविकी निर्मला दनुवार दोस्रो र सुकुना माविकी जानकी उराँव तेस्रो भईन । छात्रततर्फ राधिका माविका राजेश चौधरी प्रथम, जनता माविका मनिष श्रेष्ठ दोस्रो र सयपत्री बोर्डिङ स्कूलका सुरेश सुवेदी तेस्रो भए । ४ गुणा १०० मिटर रिले दौडको छात्रातर्पm निलगिरी डनबस्को बोर्डिङ स्कूल प्रथम, श्री मावि भौसावारी दोस्रो र साजिलाल मावि तेस्रो भयो । छात्रतर्पm राधिका मावि प्रथम, सरस्वती मावि दोस्रो र सुकुना मावि तेस्रो भयो ।
प्रतियोगितामा जिल्लाका नौवटा निर्वाचन क्षेत्रबाट छनौट भएका ५० निजी तथा सामुदायिक विद्यालयका १३ सय विद्यार्थीले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर