AArya
RUMPUM
animated ellipse animated ellipse

रमाइलो क्याम्पसमा क्रान्तिकारीको प्यानल बिजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७३, मंगलवार १५:३१
3
Shares
विराटनगर, २४ फागुन / रमाइलो बहुमुखी क्याम्पस मोरङको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ ।
क्रान्तिकारीका तर्फबाट सभापतिका उम्मेदवार अशोक क्षेत्रीले १० मत अन्तरले अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार जीवन मुडियारीलाई पराजित गरेका हुन् । यस्तै उपसभापतिमा पनि क्रान्तिकारीका तिर्थ पाँचकोटी, सचिवमा नेविसंघका तेजबहादुर विष्ट विजयी भएका छन् ।
सहसचिवमा क्रान्तिकारीकै मदन कृष्ण लुइँटेल, कोषाध्यक्षमा विराज खनाल विजयी भएका छन् । यसअघि निर्वाचन हुन नसक्ने भन्दै क्याम्पस प्रशासनले २४ गतेका लागि स्ववियु निर्वाचनको मिति तय गरेको थियो । खसेको ४५ मतमध्ये क्रान्तिकारीका क्षेत्रीले २८ र अनेरास्ववियुका मुडियारीले १८ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर