विराटनगर , २४ फागुन / प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ता मारिएको घटनाको विरोधमा संयुक्त मधेशी मोर्चाले आह्वान गरेको बन्दले तराई र मधेशको जनजीवन प्रभावित बनेको छ ।
तस्वीर -रविन्द्र बराल रंगली
विराटनगरमा आज बिहानैदेखि सार्वजनिक सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था बन्द भएका छन । बजारमा रिक्सा,साइकल र मोटराइकल भने चलेका छन । त्यसैगरी रंगेली, कर्सिया, कटहरीमा पनि बन्दको प्रभाव परेको छ । मोर्चाका कार्यकर्ताले बिहानैदेखि रंगेली सडक खण्डमा प्रदर्शन गरेका छन । कतिपय ठाउँमा टायर बालेर सडक अवरोध गरिएको छ ।
उनीहरुले रंगेली, डाईनिया,झपरतल, कर्सिया, कदमाह,दादरवैरिया,राम चोक ,कटहरी लगायतका स्थानमा बिरोध कार्यक्रम गरिरहेका छन ।
कार्यक्रममा मोर्चाका स्थानिय नेताहारु शिशुपाल यादव,पन्नालाल मण्डल,शँकर साह, दिलिप मण्डल लगायतका सयौ कार्यकर्ताहरुको सहभागी भएका छन ।
एम्बुलेन्स ,प्रेस र दुधका गाडी भने चल्न दिएका छन । मोटरसाईकल,बस,ट्रक लगायतका सवारीसाधन भने छोटो तथा लामोदुरीका सबारी साधन भने पुर्णरुपमा बन्द गराएका छन ।
नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको सभा बिथोल्न आएको संयुक्त मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा चार जना प्रर्दशनकारीको ज्यान गएको थियो । मोर्चाले हिजो साँझमा आकस्मीक बैठक बसेर सरकारलाई दिएको समर्थन फिता लिएसँगै दुई दिन तराई र मधेशको बन्दको घोषण गरेको थियो ।