सरोज बस्नेत
झापाको गोलधापकी २० बर्षीया सरु नेपाल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । उनले गायक रामकृष्ण ढकालको ‘हिजोसम्मसँगै थियो, आजभोली कता गयौं’ बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् ।
‘पछिल्लो समयमा धेरै म्यूजिक भिडियोबाट अफर आइरहेको छ’ उनले भनिन्–‘आफूलाई फिट हुने म्यूजिक भिडियो मात्र खेल्छु ।’ मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ । ‘मोडलिङ ब्यक्तिव विकासको एउटा पाटो हो’ उनी भन्छिन् । आफूलाई हट एण्ड सेक्सी देखिन रुचाउने उनी भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्यमा छिन् ।
घरपरिवारको साथ र सहयोगका कारण मोडलिङमा लाग्न सहज भएको उनले बताइन् । साथी भाईहरुसँग छिट्टै घुलमिल हुने उनी हाल सिंगल छिन् । उनी भन्छिन्–‘प्रेम प्रस्ताव त धेरै आउँछ तर, कसलाईे स्वीकार गरेको छैन ।’ ‘आफूलाई बुझ्ने र माया गर्ने केटा मन पर्छ’ उनले थप्दै भनिन्–‘प्रेम हुनलाई मन मिल्नु पर्छ, कसैको रुप हेरेर हुँदैन ।’