AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीको फोहोर मावा खोलामा,नगरपालिका स्वयमं वातवरण विनाशतर्फ लाग्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७३, सोमबार ०८:०२
3
Shares
पानीमा फोहोर विर्सजन गर्दै नगरपालिकाको ट्रायाक्टर । तस्विर-गोविन्द पोखरेल ।
गोविन्द पोखरेल
उर्लाबारी, २३ फागुन /नगर क्षेत्रको फोहोर विर्सजन स्थल नहुदा उर्लाबारी नगरपालिकाले मावा खोलामा फोहोर विर्सजन गर्ने गरेको पाइएको छ ।

वातवरण संरक्षणको दायित्व बोकेको उर्लाबारी नगरपालिका स्वयंम वातवरण विनाशतर्फ लाग्न थालेको हो । dump at riverतस्विरःमावा खोलामा थुपारिएको फोहोर

नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि उर्लाबारी नगरपालिकाले मेची महाकाली इन्भारोन्मेन्ट केयर प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा फोहोर विर्सजन स्थल नगरपालिकाले गरिदिने उल्लेख भएपनि कार्यकारी अधिकृत सुरेन्द्र थापा मगरले अहिलेसम्म फोहोर विसर्जन स्थल खोजेका छैनन् ।
फोहोर विर्सजन स्थल नहुदा उर्लाबारी नगरपालिकाले उर्लाबारी–३ स्थितत मावा खोला किनारमा फोहोर विर्सजन हुदै आएको हो ।
दैनिक ६ ट्रायाक्टर फोहोर निस्किने उर्लाबारी नगर क्षेत्रको फोहोर मावा खोला बगरमा विर्सजन हुने गरेको छ । बगरमा विर्सजित भएको फोहोर खोलामा पुग्ने गरेको छ । असारदेखि मावा खोला परिसरमा फोहोर विसर्जित भएपछि खोला यतिबेला प्रदूषित मात्र भएका छैन,खोलाको जलिय पारिस्थितीक पद्धतिमा समेत प्रत्यक्ष असर पुगेको पाउन सकिन्छ ।
कुनै समय पानीमा पाइने जैविक प्राणी तथा विरुवाहरु यतिबेला खोलामा देखिन छाडेका छन् । खोलामा फोहोर जम्मा हुन थालेपछि खोलाको मुहान् सुक्नुका साथै खोलाबाट माछा जस्ता अन्य जलिय प्राणीहरु देखिन छाडेका हुन् । यस विषयमा कार्यकारी अधिकृत सुरेन्द्र थापामगरसँग जानकारी लिन खोज्दा उनले फोन उठाएनन् ।
गत असारमा आएको बाढिले उर्लाबारी–६ मंगलबारेमा रहेको नगरपालिकाको डम्पिङ साइट बगाएको थियो । डम्पिङ साइट बगेपछि नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सुवास श्रेष्ठले मावा खोला किनारमा मेची महाकाली इन्भारोन्भमेन्ट कम्पनीलाई केही समयका लागि भन्दै फोहोर विसर्जन गर्न लगाएका थिए ।
उर्लाबारी नगरपालिकाको कार्यकारी अधिकृत भएर आएको ६ महिना भएपनि थापामगरले नगर क्षेत्रमा एउटा व्यवस्थित फोहोर विसर्जन स्थल खोजेका छैनन् ।
यता उर्लाबारी नगरपालिकाले हाल फोहोर विर्सजन गर्ने स्थल मापदण्ड पुरा गरेको छैनन् । गाँउदेखि नजिकै फोहोर विर्सजन हुन थालेपछि स्थानीयले उर्लाबारी नगरपालिकाको फोहोर बोक्ने ट्रायाक्टर नगरपालिका पठाइदिएका छन् ।
स्थानीय जंगबहादुर कार्की,गणेश कार्की,डिपी खतिवडा लगायतले आइतबार नगरपालिका आएर फोहोर विसर्जन स्थल व्यवस्थित गर्न आग्रह गर्दै व्यवस्थित नगरिए आन्दोलन गरिने चेतावनी दिएका छन् ।
गाँउ नजिकै फोहोर विसर्जन हुन थालेपछि गाँउमा झिगाँ जस्ता अन्य हानिकारक किराहरुको गाँउमा विगविगी भएको उनीहरुको भनाई छ । यस्तै,फोहोर विर्सजन स्थल गाँउ नजिकै हुदा दुगन्र्ध समेत पैmलिएको उनीहरुले बताए ।
यस्तै,खोला क्षेत्रमा विर्सजित फोहोर यतिबेला गाँउतिर समेत जाने गरेको छ । फागुन र चैतमा चल्ने हावाहुरीले विसर्जित फोहोर गाँउ लैजाने विभिन्न रोगहरुको संक्रमणको समेत सम्भावना बढाइदिएको छ ।
फोहोर व्यवस्थापनको जिम्मा पाएको मेचीमहाकाली इन्भारोन्मेन्ट केयर प्रालि उर्लाबारीका प्रबन्धक नेत्र भण्डारीले भने–‘नगरपालिकाका कार्यकारी अधिकृतलाई पटक पटक जग्गा खोजिदिन आग्रह गरेपनि यसको कुनै सुनवाई भएको छैन । अहिले एक महिनाको लागि निजी जग्गमा भाडामा लिएर फोहोर विर्सजन गर्दै आएका छौँ । ’
व्यवस्थित फोहोर विर्सजन स्थल खोज्नका लागि उर्लाबारी नगर क्षेत्रका राजनीतिक दलहरुले नगरपालिकाका कार्यकारी अधिकृतको पटक पटक ध्यानकर्षण गराएको बताएका छन् । नेपाली कांग्रेस उर्लाबारी नगर सभापति विरबल थापाले भने–‘कार्यकारी अधिकृतसँग यो विषय सम्बन्धित बैठक भइरहेको र जग्गा खोजि कार्य भइरहेको छ । ’ उनले जल प्रदूषण हुने गरी फोहोर विर्सजन गरिनु गलत भएको बताए ।
उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले डम्पिङ साइटको जग्गा खोजी भइरहेको बताउदै उर्लाबारी–४ स्थित आमा मिलन केन्द्रको जग्गा खरिद गर्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिए । फोहोर विर्सजन स्थल हुदा विकल्पको रुपमा मावा खोला बगरमा फोहोर प्mयाकिएको उनले बताए ।
यसैबीच उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगर सहित नगर क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुखहरुले फोहोर विर्सजन स्थल आइतबार अनुगमन गरेका छन् । फोहोर विर्सजन स्थल उनीहरुले अनुगमन गरी प्रभावित क्षेत्रका वासिन्दाहरुसँग सोमबार विहान नगरपालिकामा छलफल गरिने निष्कर्श निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर