AArya
RUMPUM
animated ellipse animated ellipse

रेश्मा अब नायिका

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७३, आईतवार १७:५२
3
Shares
सरोज बस्नेत
मोरङ, २२ फागुन / मोरङ विराटनगरकी २० बर्षीया रेश्मा घिमिरे नायिकाको रुपमा देखिँदै छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘यो साइनो मायाको’ चैत ४ गते रिलिज हुँदैछ ।13427999_1041653572595599_7902916289812911223_n
मिस पूर्वेली सुपर मोडल सन् २०१४ को उपाधि जितेपछि उनी मोडलिङ क्षेत्रमा सक्रिय रहेकी थिइन् । पहिलो पटक आफूले अभिनय गरेको चलचित्र प्रदर्शन हुन लाग्दा उनी निकै उत्साहित देखिएकी छिन् । उनले प्रेम कथामा आधारित उक्त फिल्ममा नायक जतिन ताम्राकारसँग स्क्रीन रोमान्स गरेकी छिन् ।
‘यो साइनो मायाको फिल्म मेरा लागि अग्नि परीक्षा हो’ उनले भनिन् ‘मैले यसबाट धेरै अपेक्षा गरेको छु ।’ सानैदेखि कलाकारिता क्षेत्रमा प्रभावित बनेकी उनी भबिष्यमा सफल नायिका बन्ने लक्ष्य राखेकी छिन् । ‘यो साइनो मायाको’ फिल्मको प्रचार प्रसारमा ब्यस्त रहेकी उनी सबै दर्शकहरुलाई फिल्म मन पराउनेमा आशाबादी छिन् ।
अरुण प्रधानले निर्देशन गरेकोे चलचित्रमा पूर्वका कलाकारहरुको बाहुल्यता रहेकोले चलचित्रले पूर्वमा राम्रो ब्यापार गर्ने अपेक्षा लिएको छ ।
मन्जिना मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र पटकथा सम्बाद पनि निर्देशक प्रधानले गरेका हुन् । चलचित्रको अन्य कलाकारहरुमा नबनिताराज प्रधान, राजु भुजेल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा लगायतका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर