आर्थिक समृद्धी हाक्ने जिम्मेवारी शिक्षित युवापुस्ताको काधमा–प्रम प्रचण्ड
पूर्वाञ्चल खबर
२२ फाल्गुन २०७३, आईतवार १७:२५
3
Shares
फाइल तस्वीर
विराटनगर, २२ फागुन /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई आर्थिक समृद्धीको वाटोमा हाक्ने जिम्मेवारी अब शिक्षित युवापुस्ताको काधमा आएको वताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले आज विराटनगरस्थित पुसेट कलेजमा आयोजना गरेको आठौं दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले देशलाइ सही दिशामा हाक्न बौद्धिक युवा जनशक्तिको खाँचो रहेको औल्याए ।
प्रधानमन्त्री दाहालले इतिहास रातरात परिवर्तन नहुने भन्दै देश बनाउँन छाडेर शिक्षित युवापुस्ता विदेश पलायन हुनु मुलुकका लागिपनि नोक्सानी भएको वताए । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल भएपनि नेपाल सरकारवाट प्राप्त हुने वजेट सिमितताको चुनैतीलाई अवसरका रुपमा लिएर दक्ष जनशतिm उत्पादन गर्ने कारखनाको रुपमा वदल्न आग्रह समेत गरे ।
पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आगिंक र एक सय ४९ वटा सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत्त ८ हजार ७ सय ६४ जना विद्यार्थीहरु आज दीक्षित भए । विश्वविद्यालयका कुलपति समेत रहेका दाहालले कला, शिक्षाशास्त्र, कानुन संकाय, व्यवस्थापन संकाय, चिकित्साशास्त्र संकाय, विज्ञान तथा प्रविधी संकायमा अध्ययनरत स्नातकोत्तर र स्नातक तहका विद्यार्थीलाई दीक्षित गरेका हुन् ।a