खबर पूर्वाञ्चल
२२ फाल्गुन २०७३, आईतवार १४:५७
गोविन्द पोखरेल
उर्लाबारी, २२ फागुन / पछिल्लो समय पूर्वी मोरङका उत्तरी गाविसहरुमा रहेका सामुदायिक वनहरुले वन विकाश सँगसँगै गरिबी न्यूनिरकण,विकास निर्माण कार्यहरुमा आप्mनो दर्विलो उपस्थिती देखाउदै आएका छन् ।
गाविसको वार्षिक बजेट जतिको वार्षिक बजेट सामुदायिक वनको हुन थालेपछि ती क्षेत्रहरुमा बाटो निर्माण,गरिबी न्यूनिकरण,आयमूलक तालिम सञ्चालन लगायतका कार्यहरु हुदै आएका छन् ।
एउटा सामुदायिक वनको वार्षिक बजेट न्यूनतम ३० लाखदेखि चार करोडसम्म हुने गरेको छ । वैज्ञानिक तथा साझेदारी वन कार्यक्रम लागू भएका यस्ता वनहरुले वन विकास कार्यक्रम सँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्न थालेका हुन् ।
टाँडी स्थित त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहले आप्mना ५ जना उपभोक्ताहरुलाई निःशुल्क रुपमा घर निर्माण गरिदिएको छ । टाँडी–४ ढाँडेमा गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै वनले आप्mना विपन्न ५ जना सदस्यहरुलाई घर निर्माण गरिदिएको जनाएको हो ।
वनका सदस्य विशाल राईका अनुसार भवानी याख्या राई,सुमन तामाङ र लोकन्द्र राईको घर निर्माण गरि हस्तान्तरण भइसेकेको छ । यस्तै,उपभोक्ता राजकुमार राई र सन्तोष विकको घर निर्माण कार्य अन्तिम तयारीमा रहेको उनले जानकारी दिए । अत्यन्तै विपन्न रहेका उनीहरुलाई सामुदायिक वनले जस्ताले छाएको काठको दुई कोठे निर्माण गरिदिएको छ । ती घरहरु सामुदायिक वनले सात लाखको लागतमा निर्माण गरको हो ।
उक्त वनले गरिबी न्यूनिकरण कार्यक्रम मार्पmत आप्mना विपन्न १५ जना उपभोक्ता सदस्यहरुलाई आयआर्जनका लागि उन्नत जातको बाख्रा समेत हस्तान्तरण गरेको छ । यस्तै, १० जना सदस्यहरुलाई बंगुर पालनका लागि १० वटा बंगुर समेत हस्तान्तरण ग¥यो । प्राथमिक तहसम्म अध्ययन गर्ने उपभोक्ता सदस्यहरुका छोराछोरीहरुलाई एक वर्षसम्म पुग्ने कापी,कलम,ब्याग तथा स्टेशनरी सामाग्रीहरु पनि सो वनले प्रदान गरेको छ ।
वनले ६० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्रीहरु प्रदान गरेको थियो ।
कार्यक्रममा सहभागि भएका इलाका वन कार्यालय जाँतेका प्रमुख नारायण यादवले सामुदायिक वनले जीवनस्तर उकास्नका लागि उपभोक्ताहरुलाई प्रदान गरेको बाख्रा तथा बंगुरको प्रशंसा गरे ।
वन जंगलको संरक्षण सँगसँगै सामुदायिक वनहरुले सामुदायिक उत्तरदायित्व वहन गर्ने गरेको यादवले बताए ।
त्रिवेणी सामुदायिक वनका अध्यक्ष तेजबहादुर राईले भने–‘आम्दानीको स्रोत बढाउनका लागि सदस्यहरुलाई ब्राखा तथा बंगुर पालनका लागि सहयोग गरिएको हो । ’ यसबाट उनीहरुको जीवनस्तर पनि उक्सने राईको भनाइ छ ।
त्रिवेणी सामुदायिक वनको एक्लो प्रयासमा टाँडी–४ ढाँडेमा ४ किलोमिटर ड्रेन सहितको ग्राभाल सडक निर्माण कार्य सम्पन्न भएको छ । सामुदायिक वनका सदस्य विशाल राईको संयोजक्तोमा गठित समितिले उक्त सडके निर्माण गरेको हो । वनले सामाजिक विकास कार्यक्रम मार्पmत सडक निर्माण गरेको थियो ।
चालू आर्थिक वर्षमा गरिबी न्यूनिकरणका लागि यो वनले १५ लाख ४० हजार रकम खर्चिने सचिव मीनाकुमारी लोक्क्तामले जानकारी दिए । सो रकम उपभोक्ताहरुको जीवनस्तर उकास्नका लागि अन्य आयमूलक कार्यक्रमहरुको समेत आयोजना गरिने उनले बताए ।
सामुदायिक वनले घर नहुने उपभोक्ताहरुलाई घर निर्माण गरिदिएको त्रिवेणी सामुदायिक वन मात्र हैन,मोरङको लेटाङ–भोगटेनी स्थित नमुना सामुदायिक वन,लेटाङकै कमलपुर सामाुदायिक वन,जाँते वसन्त हरियाली सामुदायिक वनले पनि आफ्ना विपन्न उपभोक्ताहरुलाई घर निर्माण गरिदएका छन् ।
यसका अलवा जिल्लाका सबैजसो सामुदायिक वनहरुले आप्mनो उपभोक्ताहरुको जीवनस्तर उकास्नका लागि विभिन्न आयमूलक तालिम,बाख्रा पालन,घर नहुनेलाई घर,कसैलाई खाट,ठेला,घुम्ति लगायतका साग्रीहरु प्रदान गर्दै आएका छन् ।
वैज्ञानिक वन व्यवस्थापन तथा आयस्रोत धेरै भएका सामुदायिक वनहरुले उपभोक्ताहरुलाई घर समेत निर्माण गरिदिने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?