RUMPUM
animated ellipse animated ellipse

मोर्डन एरा ग्राण्ड फिनाले सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७३, आईतवार ०९:४४
3
Shares
विराटनगर, २२ फागुन /  विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरिएको ‘मोर्डन एरा ग्राण्ड फिनाले’ सम्पन्न भएको छ ।
विराटनगर – ४ मा रहेको स्कूल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी ग्राण्ड फिनाले सम्पन्न भएको हो ।
मोर्डन एरा सिंगीन स्टार २०७३ को उपाधि खुशी भट्टराईले जितेकी छिन् । प्रतियोगिताको फस्ट रनरअप सिजल श्रेष्ठ भए भने विभेस अधिकारी सेकेण्ड रनरअप भएका छन् । त्यस्तै मोर्डन एरा डान्सिङ्गको उपाधि कृतिका भट्टराईले जितिन् भने फस्ट रनरअप अमिक बस्नेत घोषित भए ।
मिस स्कूल मोर्डन एराको उपाधि सुजता थापाले जितिन् भने मिस्टर स्कूल मोर्डन एरा समित क्षेत्री घोषित भए । त्यसैगरी मिस मोर्डन एरा कलेजको उपाधि श्रेया केसीले जितिन् भने फस्ट रनरअप अनिशा निरौला घोषित भइन् ।
प्रतियोगिताको बिजेता हुनेलाई स्कूलका प्रिन्सिपल राम घिमिरे, अध्यक्ष रामकुमार श्रेष्ठ, संस्थापक निर्देशक इन्द्र राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर