विराटनगर, २१ फागुन / मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनितिक उपलव्धिलाई संस्थागतगर्नपनी निर्वाचन अपरिहार्य रहेको वताएका छन् ।
विराटनगरमा आज शनिबार संचारकर्मीसंग कुरागर्दै अध्यक्ष गच्छदारले संविधान कार्यान्वयनको पहिलो खुडकिलो स्थानिय निर्वाचन भएकाले निर्वाचनलाई सवैले उपयोग गर्नुपर्नमा जोड दिए ।
निर्वाचनले मात्रै राजनितिक स्थाइत्व कायम हुने भन्दै अध्यक्ष गच्छदारले न्युनतम सहमती गरेर भएपनी असन्तुष्ट पंक्षलाई निर्वाचनमा सहभागी गराउनुपर्ने उनको भनाई थियो ।
उपयुक्त समयमा निर्वाचनको मिति घोषणा भएकाले सवैलाई निर्वाचनमा सहभागी बनाउने तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई थियो । अध्यक्ष गच्छदारले संविधान संशोधन र निर्वाचन प्रक्रियालाई संगसंगै अघि वढाउन सकिने बताए ।
लोकतन्त्रमा निषेधको राजनितिक कसैले गर्न नहुने भन्दै एमालेको मेची महाकाली अभियान सूरु भएकाले यसलाई विथोल्नेगरी कसैलेपनी कुनैपनी गतिविधिगर्न नहुने उनले वताए ।
एकले अर्कालाई निषेधको राजनितिगर्न खोजे मुलुकमा राजनितिक मुठमेड निमत्याउने भएकाले त्यसतर्फ दलहरु सचेत हुनुपर्ने उनको भनाई थियो ।