AArya
RUMPUM
animated ellipse animated ellipse

एउटै मञ्चमा एक सय कविका कविता वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७३, शुक्रबार १९:२४
3
Shares
विराटनगर, २० फागुन / नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक वर्षका अवसरमा विराटनगरमा आयोजित दुई दिने पूर्वाञ्चल वाङमय गोष्ठी आज सम्पन्न भएको छ ।
कार्यक्रमको दोस्रो दिन आज विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा कविता महोत्सव भएको हो । महोत्सवमा काठमाडौंका कवि प्राज्ञ श्रवण मुकारुङ, कुन्ता शर्मा, मञ्जु काँचुली, अनिल पौडेल, शशी लुमुम्बु, बाराका कवि सुको साइबर, जनकपुरका कवि अयोध्यानाथ चौधरी, उदयपुरका कवि पुण्य कार्की, माधवप्रसाद पोखरेल, बोधप्रसाद घिमिरे, खोटाङका कवि रामविक्रम थापा, हेमसागर पोखरेल, सोलुका कवि हरि कट्टेलले सिर्जना प्रस्तुत गरे । त्यस्तै इलामका विमल वैद्य, कविता राई ‘गाउँले’, संखुवासभाका ताराबहादुर बुढाथोकी, तेह्रथुमका दीपक आयम, धनकुटाका रमेशचन्द्र अधिकारी, रोशन परियार, मनु विश्वकर्मा, केजी सुब्बाले पनि आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
विराटनगरको धुलो, चढ्दो गर्मी र हावासँगै उडेको धुलोको प्रवाह नगरी गुरुकुलमा भेला भएका कविहरुले लगातार ९ घन्टा कविता वाचन गरे । आधा घन्टा भोजनका लागि विश्राम लिइएको थियो । त्यस्तै झापाका धनकुटे कान्छो, लीला अनमोल, विष्णु न्यौपाने, भवानी क्षेत्री, सुनसरीका मनु मञ्जिल, देवान किराती, डा. भीम खतिवडा, मोरङका रमेशचन्द्र अधिकारी, चूडामणि नेपाल अकिञ्चन, मीनकुमार नवोदित, रोमा निरौला, दिङ्लाली कान्छो, कविराज पोखरेल, गायत्रीकुमार चापागाईंले कविता प्रस्तुत गर्न भ्याए ।
सोही अवसरमा सत्यनारायण ताम्राकार, सरिता तुलाधर, सियाराम रौनियार, प्रविणकुमार चौधरी, सन्देश लिम्बू, सन्जीव धिमाललगायतले विभिन्न मातृभाषाका सिर्जनाहरु प्रस्तुत गरे । त्यस्तै कार्यक्रममा कवि हरि कट्टेलको माधवआनी खण्डकाव्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे र प्राज्ञ श्रवण मुकारुङले संयुक्त रुपमा विमोचन गरेका थिए ।
विमोचित खण्डकाव्य माथि डा. भीम खतिवडाले टिप्पणी गर्दै माधवआनी महत्वपूर्ण कृति भएको चर्चा गरे । महोत्सवअन्तर्गत बिहीबार संस्कृति, उपन्यास, समालोचना, मातृभाषालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रम संयोजक प्राज्ञ विवश पोखरेलले जानकारी दिए । समापन समारोहमा प्राज्ञ दधिराज सुवेदी, कविराज न्यौपाने, दिनेश श्रेष्ठ, विष्णुविभू घिमिरेलगायतले मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर