विराटनगर, २० फागुन / पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआईजी रमेश कुमार भट्टराईले स्थानीय निकायको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने बताएका छन् ।
एक साता अघि सरुवा भएर क्षेत्रीय कार्यालय विराटनगर आएका डिआईजी भट्टराईले आज शुक्रबार आयोजना गरेको सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अबको पहिलो प्राथामिकता भनेको भयरहित वातवरणमा चुनाव गराउनुनै रहेको बताए ।
उनले प्रत्येक मतदान केन्द्रमा को पहिचान गरी अति संवेशदनशिल, संवेदनशिल र सामान्य ठाउँमा आवश्यकता अनुसारको प्रहरी परिचालन गर्ने तयारी गरेको जानकारी दिए । सरकारले स्थानीय निकायको चुनावलाई लक्षित गरी नयाँ म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हुनाले आवश्यता अनुसार प्रहरी परिचालन गरी वैशाख ३१ गते हुने स्थानीय निकायको चुनव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न लागि पर्ने उनको भनाई थियो ।
उनले चुनावको मिति नजिकिदै आएको हुनाले सिमा क्षेत्रमा कडाई गर्ने बतए । नाकाहरुमा हुने साना हातहतियारको कारोवारलाई पूर्ण रुपमा बन्द गरी समाजमा शान्तिपूर्ण सुरक्षा दिलाउन लागी पर्ने प्रतिबद्धता व्यक्त गरे ।