तस्विरःउर्लाबारी बहुमुखी क्याम्पसका नवनिवार्चित स्ववियु सभापति गणेश घिमिरे
उर्लाबारी, १९ फागुन / उर्लाबारी बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ ।
बुधबार सम्पन्न स्ववियु निर्वाचनमा बलियो मानिएको नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनलाई माथ ख्वाउदै अखिलेको प्यानल विजयी भएको हो ।
तीन पदाधिकारी र पाँच सदस्यका लागि भएको निर्वाचनमा एक सदस्य बाहेक सम्पूर्ण पदमा अनेरास्ववियुका उम्मेद्वारहरु विजयी भएका हुन् ।
सभापतिमा अनेरास्ववियुका गणेश घिमिरेले ७७ मत अन्तरले नेविंसघका सुजित जैसवाललाई पराजित गरे । घिमिरेदले दुई सय ६१ र जैसावलले एक सय ८४ मत प्राप्त गरेको थिए ।
जैसवाल नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सभापति पदका उम्मेद्वार बनेको थिए ।
यस्तै,सचिवमा अनेरास्ववियुका सुनिल धिमाल दुई सय ४४ मतका साथ विजयी भए । उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका सागर राईले एक सय ८९ मत प्राप्त गरे ।
कोषाध्यषमा क्रान्तिकारीकी तिकुमारी खत्रीलाई पराजित गर्दै अनेरास्ववियुकी ज्योति चौहान विजयी भईन् । चौहानले दुई सय ३३ मत र खत्रीले एक सय ९२ मत प्राप्त गरेका थिए ।
यस्तै,सदस्यहरुततर्फ अनेरास्ववियुकी तुलसा निरौला दुई सय ५६,रामु तिवारी दुई सय ५५,अच्युत अर्याल दुई सय ५१,रुष भण्डारी दुई सय ४६ मत ल्याई विजयी बने ।
अखिल क्रान्तिकारीका नगेन्द्रबहादुर घिमिरे दुई सय १३ मत ल्याएर सदस्य पदमा विजयी बने ।
उर्लाबारी बहुमुखी क्याम्पसमा ५ सय ५५ जना मतादाता मध्ये चार सय ५२ मत खसेको थियो । यस्तै,समानुपातिकततर्फ अनेरास्ववियुले दुई सय ३२,नेविसंघले एक सय ३२,अखिल क्रान्तिकारीले ७५,समाजवादी विद्यार्थी फोरमले ४ र नयाँशक्तिले २ मत प्राप्त गरेको थिए ।
यसैबीच,केपि ओलीको गृह नगर दमक स्थित दमक बहुमुखी क्याम्पसमा नेविसंघले स्ववियु सभापति पद जितेको छ । नेविसंघका विनोद चापागाँई चार सय ११ मत ल्याएर सभापति पदमा विजयी भए । उनका प्रतिद्वन्दी क्रान्तिकारीका रवि बस्नेतले तीन सय ३५ र अनेरास्ववियुका सन्तोष दुलालले तीन सय १५ मत प्राप्त गरे ।
सचिवमा अनेरास्ववियुका रोशन भण्डारी भारी मत अन्तरले विजयी भए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीको प्यानलबाट राप्रपा विद्यार्थी संघका उम्मेदवरा सुनिल धिमाल(पाइप) जित हासिल गरे ।
सो क्याम्पसमा ११ सय ४ मत खसेको थियो । दमक क्याम्पसमा मिश्रित नतिजा आएको सो क्याम्पसका प्राध्यापक समिर दाहालले जानकारी दिए ।
यसैबीच,मोरङकै पथरी बहुमुखी क्याम्पसमा नेविसंघले आफ्नो पक्षमा मत ल्याउन सफल भएको छ । प्रत्याी अनेरास्ववियुका रोष गुरुङलाई ११ मत अन्तरले हराउदै नेविसंघकका गोपा साँवा एक सय ६ मत ल्याउर सभापति पदमा निर्वाचित भए ।
सचिव र कोेषाध्यक्षमा क्रमश नेविसंघका रोशन पराजुली र तुलसा नेम्बाङले जीत हासिल गरे । सो क्याम्पसमा समानुपातिकततर्फ अनेरास्ववियुले एक सय १२,नेविसंघले एक सय २ र अखिल क्रान्तिकारीले ७८ मत प्राप्त गरे ।
यस्तै,लेटाङ बहुमुखी क्याम्पसमा नेविसंघका विक्रम चापागाँई सभापतिमा निर्वाचित भए । सो क्याम्पसमा सचिवमा अनेरास्ववियु र कोषाध्यक्षमा नेविसंघले जीत हात परे ।