खबर पूर्वाञ्चल
१९ फाल्गुन २०७३, बिहीबार १८:१३
नवीन पौडेल
बिराटचोक १९ फागुन / विवादका कारण सुकुना बहुमुखी क्याम्पस बिराटचोकको मतगणना शुक्रबार बिहान सात बजे सम्मलाई स्थगित गरिएको छ ।
मत पत्रको कोष्ठ भन्दा बाहिर लगाइएको चिन्हलाइ पनि सदर मत मान्नु पर्ने अनेरास्ववियु र अखिल क्रान्तिकारी (बैध) ले भने पछि बिवाद भएको हो । बिबाद बढे संगै दिउँसो बसेको बर्ता निष्कर्ष बिहिन भए पछि भोलि बिहान सात बजे सम्मलाइ स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिको निर्णय अनेरास्ववियु क्रान्तिकारी (बिप्लब) बाहेक अन्य विद्यार्थी संगठनले नमान्ने बताए पछि मतगणना स्थगित भएको हो । मंगलबार भएको निर्वाचनमा उक्त क्याम्पसको २ हजार ७ सय २८ मतदाता मध्ये १ हजार ८ सय ३१ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?