AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चेतावनी सहित ज्ञापनपत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७३, बिहीबार १७:५६
3
Shares
विराटनगर,१९ फागुन / आदिवासीको एकमात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल आदीवासी जनजाति महासंघ मोरङ र नगर समन्वय परिषद विराटनगरले बिहीबार संयुक्त रुपमा मोरङको प्रमुख जिल्ला अधिकारी योज्ञराज कोइराला मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बढाएका हुन ।
ज्ञापनपत्र बुझाउँदै नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिनल कुमार राईले आदीवासी जनजाति सामुदायको राष्ट्रिय प्रतिष्ठान खारेज भए देशभरीको आदिवासी सामुदाय आन्दोलिनमा उत्रिते चेतवनी दिनुभयो । आदिवासी सामुदायको प्रतिष्ठानको रुपमा रहेको उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज भए सदनदेखी सडक सर्घष गर्ने उनको भनाई थियो ।
उनीहरुले आदिवासीको एकमात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रिया बन्द गरिनुपर्ने, सरकारले आदिवासी संग गरेको विभिन्न संझौताहरु शंशोधन गरी कानूनी रुपमा सुनिश्चित गरिनुपर्ने लगायतका विभिन्न माग राखेका छन् । आदिवासीका मागहरु समयमै सरकारले शंसोधन नगरिए चरणवद्ध आन्दोलनमा उत्रने समेत महासंघले चेतावनी दिएको छ । जनजाती महासंघ मोरङका अध्यक्ष मिलनकुमार राइको नेतृत्वमा गएको टोलिले ज्ञापनपत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर