AArya
RUMPUM
animated ellipse animated ellipse

वाङ्गमय गोष्ठि तथा कविता महोत्सव सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७३, बिहीबार १७:५१
3
Shares
विराटनगर, १९ फागुन नेपाल प्रज्ञा प्रतिष्ठानको हिरक जयन्तीको अवसरमा आज देखि विराटनगरमा पूर्वाञ्चल स्तरिय वाङ्गमय गोष्ठि तथा कविता महोत्सव सुरु भएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरिएको वाङ्गमय गोष्ठिमा रामजीप्रसाद तिमल्सीनाले समालोचना र सोमप्रसाद खतिवडाले संस्कृतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा उपन्यास, मातृभाषा लगायतका विषयमा समेत कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भाषाविद् बालकृष्ण पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, प्राज्ञ दधिराज सुवेदी, खेम नेपाली, कवियत्री टिका आत्रेय लगायतले बोलेका थिए । हिरक जयन्तीकै अवसरमा सुक्रबार विराटनगरमा प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर