पूर्वाञ्चल खबर
एक्स्पा समापनमा उत्कृष्ट भएका औद्योगिक स्टल तथा व्यक्तिलाई पनि सम्मान गरियो । सप्तरी महुलीको सामुदायिक बाख्रा पालन समूह प्रथम भएको छ । समूहलाई नगद दश हजार रुपैयाँसहित पुरस्कृत गरियो । स्वीट टुथ दोस्रो र कुवेर एन्ड सन्स तेस्रो भएका छन् ।
उद्योगतर्फ प्रार्थना अगरबत्ती, एशियन कलेक्सन बंगलादेश र सन एन्ड फुड भिलेजलाई पुरस्कृत गरियो । कार्यक्रममा गीतकार विमला अर्याल, गायक सुमित खड्का, पर्यटन व्यवसायी भविश श्रेष्ठ, होटल व्यवसायी पूण्य भट्टराई र मनोजविक्रम शाहलाईसमेत सम्मान गरिएको छ । कृषि महिला उद्यमीतर्फ जयश्री जाजूलाई सम्मानित गरियो ।