AArya
RUMPUM
animated ellipse animated ellipse

वर्तमान सरकार चुनाव गर्न डरायो- नेम्वाङ 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०७३, मंगलवार १७:५७
3
Shares
विराटनगर,१७ फागुन / नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले वर्तमान सरकार स्थानिय निकायको चुनाव गर्न डराएको आरोप लगाएका छन् ।
विरानगरमा एक साता अधिबाट संचालन भइरहेको विराट एक्स्पोको आज भएको समापन कार्यक्रममा उनले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव गराउन नसक्ने सरकारले स्थानिय निकायको चुनाव पनि गर्न नसक्ने बताए ।
स्ववियु निर्वाचन पूर्व सन्ध्यामा पनि विवाद मिलाउन नसकेको र निर्वाचननै नहुने स्थिती देखा परेको भन्दै उनले अहिलेको सरकारले स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन गराउने विश्वास हराएको बतएका छन् ।
 नेता नेम्वाङले ०७४ माघ ७ गते भित्र तीन तहकै निर्वाचन गर्न नसके देश गम्भीर संकटमा पर्ने भन्दै संविधान जारी गर्दा सबै दलहरु एकै ठाउमा उभिए जस्तै  संविधान कार्यन्वयनमा पनि एक हुन आग्रह गरे । उनले निर्वाचनको विकल्प नभएको भन्दै  सबैदलहरुले संधियता, समाबेशी, धर्मनिरपेक्षता, लोकतन्त्र बचाउन पनि निर्वाचन अपरिहार्य रहेको बताए ।
मधेशवादी दलहरुले संविधान र निर्वाचनको विरोध गरिरहेको प्रसङग ल्याउदै नेता नेम्वाङले भारतमा ६५ प्रतिशतले संविधान ल्याएको र दश बर्षसम्म दक्षिण भारतले विरोध गर्दा पनि निर्वाचन नरोकीएको भन्दै यहाँ पनि निर्वाचन रोक्न नहुने बताए ।
निर्वाचनको विरोध गरिरहेका प्रति लक्षित गर्दै उनले भने—अनिर्वाचित नेताको रुपमा कहिले सम्म रहने? नेता  र जनताका प्रतिनिधी जनताले छान्ने भन्दै कहिल्यै  निर्वाचनमा नगएका राजा जस्तो नहुन विरोधी दलहरुलाई उनले आग्रह गरे । उनले सरकारले असन्तुष्टि समाधान गर्दै निर्वाचनमा लाग्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर