AArya
RUMPUM
animated ellipse animated ellipse

इन्डो–नेपाल टि–२० क्रिकेटको उपाधिकालागि नेपाल र भारत भिड्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७३, मंगलवार १५:३४
3
Shares
जोगबनी, १७ फागुन / भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा विराटनगरको पूर्वाञ्चल क्रिकेट क्लब विजयी भई उपाधि नजिक प्रवेश गरेको छ । बुधबार दिवा रात्रीमा हुने फाइनलमा विराटनगरले भारतको पटनासँग प्रतिस्पर्धा गर्ने छ ।
विराटनगरले सोमबार मध्यरातमा सम्पन्न अन्तिम सेमिफानल खेलमा भारतका सहरसालाई ९५ रनको फराकिलो रन अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारीत २० ओभरमा ५ विकेट गुमाई २ सय ५ रनको विशाल स्कोर खडा गरेको थियो । विराटनगरका विद्यान गौश्वामीले ५४ रन, सिद्धान्त लोहनीले ५० रन र सन्दिप सापकोटाले २६ रलको योगदान दिए । सहरसाका अंकुशकुमार र रोशनकुमारले २–२ विकेट लिए ।
जवाफमा २ सय ६ रनको विशाल लक्ष्य पछ्याएको सहरसाले १८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १० रनमात्र जोड्न सकियो । विराटनगरका कप्तान मन्जित श्रेष्ठले ४ विकेट र विद्यान गौश्वामीले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच विराटनगरका अलराउण्डर खेलाडि विद्यान गोश्वामी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर